एकता भएको ६ महिना नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण : कमल थापा
सारांश
- काठमाडौं ।
- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर पशुपतिशम्शेर राणा समूहले अर्को नयाँ पार्टी दर्ता गरेपछि अध्यक्ष कमल थापाले अधिकांश हस्ताक्षर नक्कली भएको ट्वीट गरेका छन् ।
- आइतवार साझ सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै नक्कली हस्ताक्षर भएको अरोप लगाएका हुन् ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर पशुपतिशम्शेर राणा समूहले अर्को नयाँ पार्टी दर्ता गरेपछि अध्यक्ष कमल थापाले अधिकांश हस्ताक्षर नक्कली भएको ट्वीट गरेका छन् । आइतवार साझ सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै नक्कली हस्ताक्षर भएको अरोप लगाएका हुन् । राणा समूहले हिजो नै निर्वाचन आयोगमा गएर राष्ट्रिय प्रजातन्त्र प्रजातान्त्रिक पार्टी दर्ता गरेका हुन् ।
थापाले लेखेका छन् ‘एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण । अधिकांश हस्ताक्षर नक्कली । बिचलित नहुन कार्यकर्तालाई आह्वान ।’ उनले एकता अधिबेशन भएको छ महिनापनि नपुग्दै पार्टी फुट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् ।
राणाको नयाँ पार्टीमा २२ सांसद तथा ७२ केन्द्रीय सदस्य रहेका छन् । थापा नेतृत्वको राप्रपासँग १५ संसद मात्र छन् ।

प्रतिक्रिया