विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
विप्लवको हैसियत छैन, सिके राउतले मधेश अलग्याउन खोजेको छ : पाण्डे

सारांश

  • पुष १३, काठमाण्डौ ।
  • देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने लक्ष्यसहित सरकारले गठन गरेको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ ।
  • तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् ।

पुष १३, काठमाण्डौ । देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने लक्ष्यसहित सरकारले गठन गरेको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ ।

तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटकपटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना नेपाल भने सम्झौता गर्ने वेला सम्पर्कमा आएन ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह र खुम्बुवान मुक्ति मोर्चा (संयुक्त)ले पेस्तोल, रिभल्वरलगायत ३३ थान हतियार बुझाएको वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले बताए । उनीहरूले हतियारसँगै गोली गठ्ठा पनि बुझाएका छन् । अन्य केही समूह पनि हतियार बुझाउने तयारीमा रहेको पाण्डेले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै पाण्डेले चार महिनाको समयमा राम्रै उपलब्धि हासिल गरेको पनि दावी गरे ।

विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा प्रतिवेदन तयार पारिएको बताए ।
वार्ता टोलीले आफ्नै कार्यकक्षदेखि ललितपुरको गोदावरी तथा तराईका विराटनगर, राजविराज र वीरगन्जलगायत क्षेत्रमा ती समूहसँग वार्ता गरेको उनले जानकारी दिए ।

विप्लव र सिके राउतसँग भने वार्ता हुन नसकेको पाण्डेले बताए । विप्लव समुहले आफूलाई राजनीतिक दलको रुपमा प्रस्तुत गरेको र सिके राउतले भने तराईलाई अलग्याउन खोजेको पाण्डेले बताए ।

मुलुकको स्वतन्त्रतामाथि नै हमला गर्ने लक्ष्य लिएकाले सिके राउतसँग वार्ता गर्ने योजना नै नबनाइएको पाण्डेले बताए ।

विप्लव नेतृत्वको पार्टीको हैसियत केही पनि नरहेको भन्दै पाण्डेले अब देशमा द्धन्द्ध र क्रान्तिको अर्थ नरहने स्पष्ट पारे ।

८ भदौमा गठित कार्यदललाई दिइएको तीनमहिने म्याद ८ मंसिरमै सकिएको थियो । तर, समय अपुग भएको भन्दै थप समय मागेपछि १० पुससम्मका लागि थपिएको थियो । वार्ता टोलीले चार महिनामा भएका कामको विवरणसहितको प्रतिवेदन १० पुसमै प्रधानमन्त्रीलाई बुझाएको छ । वार्ता टोलीले प्रतिवेदन बुझाएपछि स्वतः म्याद सकिएको छ । आवश्यक परे पुनः वार्ता टोली गठन गरिने पाण्डेले बताए ।

पाण्डे नेतृत्वको टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का सदस्य थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो
महोत्तरीमा विजयी घोषणापछि मतपेटिका भेटियो
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
सुर्खेतमा चार सय उद्योग थपिए
सुर्खेतमा चार सय उद्योग थपिए
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक
इक्वेडरको जेलमा बन्धक बनाइएका ४१ जना रिहा, १३६ अझै बन्धक
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,
मन्त्री छान्ने विषयले, पौडेल पक्ष रुष्ट भागबन्डा नमिल्दा कांग्रेसले मन्त्री छान्न सकेन,

तपाईंले छुटाउनुभयो कि?