वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४४ पटक हेरिएको
Shares
वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थको सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल

सारांश

  • काठमाडौं, २३ साउन ।
  • बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.
  • डा.

काठमाडौं, २३ साउन । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थनै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् । मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा काठमाडौंको कपनस्थित् रिलायन्स पब्लिक स्कुलमा आयोजित जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर पौडेलले यस्तो बताएका हुन् ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले भने,‘नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारणले ९ हजार भन्दा बढिको ज्यान गैरहेको छ । र, सुर्तीजन्य पदार्थको उपभोगले गर्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण ३०अाैँ हजार मानिसले अकालमै ज्यान गुमाएका छन् । यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तीजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ । यो डरलाग्दो तथ्यांक हो । हामी सबै सचेत हुनुपर्छ।’

त्यस्तै काउन्सिलका अध्यक्ष कडरियाले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयस्तरबाट नै बालबालिकाहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले थपे,‘हामीले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयस्तरबाटै नै सचेतना अभियान सञ्चालन गर्नुपर्छ । आजका बालबालिकाहरु भनेको भविष्यका कर्णधार हुन् ।’

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नम्बर ३ की जनसम्पर्क उप–व्यवस्थापक सुधा शर्माले पनि सुर्तीजन्य पदार्थको रोकथामको लागि काउन्सिलले खेलेको भूमिकाको प्रशंशा गरेकी थिईन् । उनले मुलुक समृद्धिको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिईन् ।
शर्माले बालबालिकाहरुलाई सानै उमेरदेखि वचत गर्ने बानिको विकास गर्न आग्रह गर्दै वित्तिय साक्षात्कारबारे पनि प्रकाश पारेकी थिईन् । उनले भनिन्,‘बालिकालिकाहरुलाई फजुल खर्च गर्नबाट अभिभावले रोक्नुपर्छ । यसको लागि उनीहरुलाई सानैदेखि वचत गर्ने बानीको विकास गराउनुपर्छ । यसो भयो भने उनीहरु कुलतमा फस्दैनन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धानमा अब्बल बन्दै प्रहरी
अनुसन्धानमा अब्बल बन्दै प्रहरी
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
हनी ट्र्याप प्रकरण : कार्यालयमै थुनेर इन्सपेक्टरले ३० लाख रुपैयाँ मागेको खुलासा
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु
तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
‘मिस्टर वल्र्ड २०१९’ नेपालको प्रतिनिधित्व अक्षय रायमाझीले गर्ने
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
प्रदेश नम्बर एक : एक वर्षमा २० विधेयक प्रमाणीकरण
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस पड्केर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु