चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०७४
|
|
४५ पटक हेरिएको
Shares
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी

सारांश

  • भक्तपुर, १६ जेठ ।
  • चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
  • यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भक्तपुर, १६ जेठ । चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरी पराजित हुनुभयो ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राधा (सरु) बानियाँले छ हजार ४७६ मत प्राप्त गरी पराजित हुनुभयो ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले पाँच हजार १९८ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ५४५ मत र नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहनुभएका न्हुछे फोजूले चार हजार ४४२ मत र उपप्रमुख रीता काफ्लेले चार हजार २२ मत मात्रै प्राप्त गर्नुभयो ।

त्यसबाहेकका अन्य दलले एक हजार मत पनि नघाउन सकेनन् । कुल ३४ हजार ४४८ मतदाता रहेको यस नगरपालिकामा २८ हजार ९१ मत खसेको थियो ।

यस नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेमकिपा दोस्रो र एमाले वा राप्रपामध्ये एक दल तेस्रो हुन्छ भन्ने नेपाली काँग्रेस र नेमकिपाको दाबीलाई चिर्र्दै अन्ततः एमाले पहिलो दल बन्न सफल भएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नं. ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नं ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

निर्वाचित भएलगत्तै प्रतिक्रिया दिँदै नगरप्रमुखमा निर्वाचित मिश्रले घोषणापत्रअनुसार नै एमालेले काम गर्ने र चाँगुनारायण नगरपालिकाको समग्र विकास गर्दै यस नगरपालिकाको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा नं ९ मा नेमकिपाको समूह विजयी

त्यसैगरी, चाँगुनारायण नगरपालिका–९ मा भने नेपाल मजदुर किसान पार्टीको समूह विजयी भएको छ । वडा अध्यक्षमा एक हजार ५१ मत प्राप्त गरी गणेश त्यात विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवास ढुङ्गानाले ९९५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, महिला सदस्यमा नेमकिपाकै कमला गिरी (भारती)ले एक हजार ५२ मत, दलित महिला सदस्य सुमित्रा दर्जीले एक हजार ४४ मत, सदस्य विद्यापति थापाले ९८३ मत र कृष्णराम वासुकलाले एक हजार ३२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी आवास पुनःनिर्माणले गति लिएन
निजी आवास पुनःनिर्माणले गति लिएन
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अष्ट्रेलियाले बनाउने भयो अन्तरिक्षको फोहोर सफा गर्ने लेजर प्रविधि
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना,  ७ को अवस्था गम्भीर
अर्घाखाँचीमा मलामी बोकेको जीप र मोटरसाईकल दुर्घटना, ७ को अवस्था गम्भीर
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
बागमती प्रदेशका अस्पताल स्तरोन्नतिसँगै शिक्षा र स्वास्थ्यमा अवसर
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
ओलीले सपनामा पनि चुनाव सारेको देख्नु हुन्छ: प्रधानमन्त्री देउवा
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
मनिषा सिंहको निधनबारे छानविन गर्न मुख्यमन्त्री शाहीको निर्देशन
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
सामाचकेवाको गीत घरघरमा गुञ्जिँदै.