श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड
सारांश
- काठमाडौ ।
- श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
- बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।
काठमाडौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।
क्यापिटलका अनुसार आईपिओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।
प्रतिक्रिया