श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २७, २०७९
|
|
३२ पटक हेरिएको
Shares
श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड

सारांश

  • काठमाडौ ।
  • श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
  • बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

काठमाडौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज बिहान क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा १८ लाख ३८ हजार ७ सय ५१ जनाबाट १ करोड ९९ लाख ७२ हजार ६ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये १ हजार ३ सय १५ जनाको आवेदन रद्द भएको र योग्य रहेका १८ लाख ३७ हजार ४ सय ३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३६ हजार ८ सय ५९ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?