आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी, टुँडीखेलमा सम्मान दिइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
५३ पटक हेरिएको
Shares
आज नेपाल आउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी,  टुँडीखेलमा सम्मान दिइने

सारांश

  • काठमाडौं, २१ फागुन – दुइ दिने नेपाल भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासी आज सोमबार काठमाडौं आउँदैछन् ।
  • अब्बासीलाई सैनिक मञ्च टुँडीखेलमा सरकारले ‘गार्ड अफ अनर’ को सम्मान दिने भएको छ।
  • अति विशिष्ट पाहुनाको रुपमा टुँडीखेलमा  गार्ड अफ अनर लिने अब्बासी पहिलो पाहुना भएको बताइएको छ ।

काठमाडौं, २१ फागुन – दुइ दिने नेपाल भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री शहीद खकाना अब्बासी आज सोमबार काठमाडौं आउँदैछन् । अब्बासीलाई सैनिक मञ्च टुँडीखेलमा सरकारले ‘गार्ड अफ अनर’ को सम्मान दिने भएको छ। अति विशिष्ट पाहुनाको रुपमा टुँडीखेलमा  गार्ड अफ अनर लिने अब्बासी पहिलो पाहुना भएको बताइएको छ ।

विशिष्ट पाहुनालाई विमानस्थलमा ‘गार्ड अफ अनर’ दिने परम्परा रहेको छ । उनलाई भने सरकारले अब्बासीलाई सैनिक मञ्चमा सम्मान दिन लागेको हो। प्रधानमन्त्री केपी ओलीलले उनलाई टुँडीखेलमा स्वागत गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री अब्बासी विमानस्थलबाट सिधै टुँडीखेलमा आउने कार्यत्रम छ।

अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार नै बधाई दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ । अब्बासीले भोलि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटको कार्यक्रम छ ।

पाकिस्तानी प्रधानमन्त्रीको स्वागतका लागि उपत्यकाको सकडमा दुई देशको झण्डा फहराउने, स्वागतद्वार निर्माण लगायतको तयारी भइरहेको छ। भ्रमण पूरा गरी फागुन भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Well come to Nepal Mr. Pak pm.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?