पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

सारांश

  • ललितपुर, २३ चैत , पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।
  • रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।
  • रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् ।

ललितपुर, २३ चैत , पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।

रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ । उहाँ भन्नुहुन्छ, “त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।”

यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो । गत कात्तिकबाट काठ काट्न अनुमति लिने काट्ने र ढुवानी गर्न थालिएको थियो ।

ललितपुरकै लामाटारबाट लस्सी जातको काठ ल्याउन अझै बाँकी छ । उहाँ भन्नुहुन्छ, “अरु सबै काठ आएकाले अब नियमित काम हुनेछ ।”

पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल पु¥याइन्छ । रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ ।

रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । सहकालका देवता मानिने मत्स्येन्द्रनाथ पाटनमा छ महिनामा र छ महिना बङ्गमतिमा रहन्छन् । पाटनमा झण्डै छ महिना रहदा विभिन्न किसिमका जात्रा पर्व हुनेगरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
तान्जानियामा मुसलधारे वर्षा, १५५ जनाको मृत्यु
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल: कारबाही र योग्यताको अस्पष्टता हटाउन ऐनमै स्पष्ट व्यवस्था गर्न माग
टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार
कास्की–२ मा समाजवादीले गुरुङलाई बनायो उम्मेद्वार
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर
भिसा उल्लंघन गर्ने कामदारले पाए स्थिति सुधार्ने अवसर
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
रसुवामा सुरूङमा थुनिएका १७ जनाको यसरी भयो उद्दार
बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण
बी.ए.को सर्टिफिकेट राखेर ४ लाख ऋण
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य