भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु
सारांश
- हेटौँडा ।
- मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ ।
- भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना।
हेटौँडा । मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
काठमाडौँबाट वीरगंज जाँदै गरेको उक्त बस भीमफेदीको आरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया