सरकार बदलिने गरी सडक आन्दोलन गर्न नपरोस् स् प्रदिप पौडेल
सारांश
- जेठ ३१, काठमाण्डौ ।
- नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले राष्ट्रिय जागरण अभियानले संगठन गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेलेको दावी गरेका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अभियानले गाउँ गाउँमा कार्यकर्तामाझ उत्साह जगाएको दाबी गरेका हुन् ।
जेठ ३१, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले राष्ट्रिय जागरण अभियानले संगठन गतिशिल बनाउन महत्वपूर्ण भूमिका खेलेको दावी गरेका छन् ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले अभियानले गाउँ गाउँमा कार्यकर्तामाझ उत्साह जगाएको दाबी गरेका हुन् ।तर यतिले मात्रै कांग्रेसको संगठन बलियो बनाउन पर्याप्त नहुदे भन्दै पौडेलले हाँत बाँधेर बस्न नहुने बताए । “सन्तुष्ट भएर अब केही नगरी बस्नु हुँदैन । अभियाले दिएको उपलब्धिलाई बचाउँदै थप उपलब्धिका लागि मिहिनेत गर्नुपर्ने हुन्छ । संगठनलाई केही हदसम्म चलायमान बनाएका छौँ । यही गतिमा अगाडि बढ्नुपर्छ ।” पौडेलले भने ।
पार्टी गुटबन्दीको सिकार भएको स्विकार गर्दै नेता पौडेलले कुनै पनि पार्टी गुटरहित हुन नसक्ने बताए । तर गुटगट स्वार्थले पार्टी नै कमजोर बनाउन नहुनेमा पौडेलले जोड दिए ।गुट निर्माणको पद्धतिलाई बदल्न जरुरी छ । यथार्थको धरातलमा उभिएर अगाडि बढ्नुपर्छ । पार्टीलाई प्रभावकारी बनाउनका लागि आवश्यकताअनुसार सबै सच्चिनुपर्छ ।” पौडेलले भने ।कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने क्रममा परिणामुखी हुनपर्ने पौडेलले बताए । अहिले पनि प्रतिपक्षको भूमिका कमजोर नभएको तर जुनसुकै विषय उठान गर्दा पनि त्यसलाई नतिजामुखी बनाउनुपर्ने बताए ।
“अपेक्षाअनुसार काम गर्न सकेका छैनौँ, यो कुरालाई हामी स्वीकार गर्छौँ । पार्टीभित्र पनि संसदमा रणनीति हिसाबले प्रस्तुत हुनका लागि छलफल गर्नुपर्छ । सरकारले गरेको ज्यादती र एकाधिकारको विषयमा जनतामाझ पनि जानुपर्यो । आवश्यकताअनुसार संसद अवरुद्ध गर्नेदेखि सडक आन्दोलनसम्म जान सक्नुपर्छ ।” पौडेलले भने ।सरकारलाई सच्याउने जिम्मेवारी नै कांग्रेसको भएको पौडेलको तर्क छ । सरकारले विधेयकहरुलाई जबरजस्ती ढंगले लैजान खोज्यो भने कांग्रेसले जोडदार ढंगले सडक आन्दोलन गर्ने चेतावनी पौडेलले दिए । उनले भने–“त्यसबेला सरकार नै बदलिन पनि सक्छ । हामी गणितका आधारमा सरकार ढाल्न सक्दैनौँ, तर मौलिक अधिकार खोस्ने, स्वतन्त्रता हनन गर्ने, संविधानभन्दा ठूलो हामी हौँ भन्ने मनोविज्ञानले अगाडि बढिरह्यो भने त जनताले टुलुटुल हेरेर बस्दैनन् ।”
अहिले विवादमा रहेको गुठी विधेयक संस्कृति र मौलिकता विरोधी भएकाले फिर्ता लिनुपर्ने पौडेलले बताए । त्यसैगरी मिडिया काउन्सिल विधेयक पनि प्रेस स्वतन्त्रता विरोधी भएकाले फिर्ता लिनुपर्ने पौडेलले बताए ।सरकारले समयमै सचेत भएर कमी कमजोरी सच्याउनुको विकल्प नभएको पौडेलले बताए ।
प्रतिक्रिया