धरौटी बुझाएर हात हल्लाउँदै निस्केका दुर्गा प्रसाईं अदालतबाटै पुन: पक्राउ
सारांश
- काठमाडौं।
- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।
- साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्।
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। साइबर अपराधमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ परेका हुन्।
आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको प्रहरीले बताएको छ। उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा हालेपछि अदालतमा जम्मा भएका समर्थकले विरोधमा नारावाजी गरेका थिए।
प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा सीआईबीबाट अनुसन्धान जारी रहेको छ। विभिन्न आपराधिक समूहका नाममा व्यक्तिहरु परिचालन गरी धाकधम्की दिएर पैसा असुल गर्ने र ज्यान मार्न सुपारी दिने गरेको सन्दर्भमा पर्याप्त प्रमाणहरु फेला परेकाले अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं मंसिर ४ मा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।
प्रतिक्रिया