सहमति नजिक गठबन्धन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ७, २०७९
|
|
२० पटक हेरिएको
Shares
सहमति नजिक गठबन्धन

सारांश

  • काठमाडौं।
  • सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्।

काठमाडौं। सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्।

धनुषा–१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू शुक्रबार पहिला छलफलमा जुट्ने छन्।

उनीहरूबीच सहमतिपछि सत्ता गठबन्धनमा रहेका पाँच दलका शीर्ष नेताहरू आज दिउँसो १ बजे पुनसछलफलमा बसेर सहमतिमा पुग्ने प्रयास गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?