बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
बलिउडमा ‘फ्लप’ ३ अभिनेत्रीः यसरी बने अर्बौको मालिक

सारांश

  • एजेन्सी ।
  • बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् ।
  • ती मध्ये केहि अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे ।

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबाट विदा मागेका छन् ।

ती मध्ये केहि अभिनेत्री जो बलिउडमा फ्लप भएर पनि अरबौँ पैसामा रमाइरहेका छन् कारण उनीहरुले निकै धनि व्यक्तिसँग बिहे गरे । ती अभिनेत्रीमा आयशा टाकिया, अमृता अरोरा र सेलिना जेटली पर्छन् ।

आयशा टाकियाः सन् १९८६ जनवरी १० मा भारतमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले बलिउडमा ‘टार्जन द वन्डर कार’ बाट आफ्नो करियर शुरु गरेकी थिइन् । उनको पहिलो फिल्मलाई धेरैले मन पराए । राम्रो अभिनयका कारण उनलाई ‘फिल्म फेयर अवार्ड’ पनि प्रदान गरिएको थियो ।

तर टाकिया अभिनित थुप्रै फिल्म फ्लप भए । त्यसपछि उनले फरहान आजमीसँग बिहे गरिन् । जो निकै सफल व्यवसायी हुन् भने ससुरा नेता । १० मिलियन डलरका मालिक आजमीको परिवारमा टाकिया पनि निकै सुखमय जीवन विताइरहेकी छिन् ।

अमृता अरोराः सन् १९८१ जनवरी ३१ मा जन्मिएकी अभिनेत्री अमृताले बलिउडमा २००४ सालमा ‘गर्लफ्रेन्ड’ नामक फिल्मबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । चर्चित अभिनेत्री मलाइका अरोराकी बहिनी अमृताले केहि फिल्ममा काम गरिन् तर उनी अभिनित फिल्म चलेनन् ।

फिल्ममा चल्न नसकेपछि उनले शकील लन्डकसँग बिहे गरिन् । उनी भवनहरु निर्माण गर्ने कम्पनीका मालिक हुन् । उनको कुल कमाई १२ मिलियन डलर रहेको छ । र उनको कमाईमा अमृता खुशी जीवन बिताइरहेकी छिन् ।

सेलिना जेट्लीः यी अभिनेत्रीलाई बलिउड उद्योगमा निकै कम चिनिन्छ । ‘मिस इन्डिया’ समेत भइसकेकी यी अभिनेत्री ‘मिस यूनिभर्स’ पनि भइसकेकी छिन् । निकै सुन्दर यी अभिनेत्रीले बलिउडमा आफ्नो नाम चलाउन सकिनन् । र अन्त्यमा उनले पनि व्यवसायीसँग बिहे गरिन् । उनका पति पीटर पनि खरबौँका मालिक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र विभिन्न मुलुकका विदेशमन्त्रीसँग भेटवार्ता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
यी हुन चर्चित नेताका प्रेमिका, यसरी बनाए आफ्नो गर्लर्फेन्डलाई नेता
पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै
पुसको तेस्रो साता राप्रपाको केन्द्रीय कार्य समिति बैठक बस्दै
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
सान्टा क्रुज द्वीपमा डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु
भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
भदौ ११ गते बिहिवारको राशिफल यस्तो छ
रोल्पामा ५२ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै
रोल्पामा ५२ प्रतिशत मत खस्यो, थवाङमा ३० प्रतिशत मात्रै
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने