नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेपाली सेनामाथि सुडानी बालिकालाई बलात्कारको आरोप

सारांश

  • काठमाडौं – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ ।
  • नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन् ।
  • राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर छानबिन सुरु गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

काठमाडौं – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सेनामाथि बालिका बलात्कारको आरोप लागेको छ ।

नेपाली शान्ति सेनाले दुई सुडानी बालिकालाई बलात्कार गरेको उजुरी दुई साताअघि नै प्राप्त भएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताएका हुन् ।

राष्ट्रसंघ प्रवक्ताले नै घटनाबारे चासो राखेको जनाउँदै एएफपीले समाचार प्रकाशित गरेपछि तत्काल बोर्ड अफ इन्क्वायरी गठन गरेर छानबिन सुरु गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।

घटनामा कति जना संलग्न छन् भन्ने स्पष्ट हुन नसकेको एएफपीले जनाएको छ । सुडानबाट फर्केका एक सैन्य अधिकारीले कतिपय अवस्थामा ब्यारेकमा घुस्ने र चोरीसमेत हुने गरेकाले त्यस विषयमा गम्भीर र सूक्ष्म छानबिनपछि मात्रै केही बोल्न सकिने बताए । नेपालबाट सुडानमा सेक्टर कमान्डर नै रहेकाले पनि छानबिनमा सहजता आउने सैन्य अधिकारीहरू बताउँछन् ।

१२ मुलुकमा नेपालको शान्ति मिसन रहेकोमा दक्षिण सुडानमा सेक्टर कमान्डरसहित १ हजार ७ सय ४७ सेना खटिएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?