होली वाइन खुवाउने एकनाथ ढकालले हिन्दु संस्कार अनुसार गरे श्राद्ध
सारांश
- गत वर्ष देशमा एउटा घटना विवादमा आयो ।
- प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई समेत भेला गरेर युनिभर्सले पिस फेडरेशन आयोजक बनेको सम्मेलनमा सरकार समेत मुछियो ।
- यसका मुख्य योजनाकार थिए एकनाथ ढकाल ।
गत वर्ष देशमा एउटा घटना विवादमा आयो । प्रधानमन्त्री केपी शर्मा ओली देखि सत्तारुढ दलका प्रभावशाली नेताहरुलाई समेत भेला गरेर युनिभर्सले पिस फेडरेशन आयोजक बनेको सम्मेलनमा सरकार समेत मुछियो । यसका मुख्य योजनाकार थिए एकनाथ ढकाल । नेपाल परिवार दल खोलेर दुईपटक सभासद समेत बनेका ढकाल मन्त्री बनिसकेका छन् ।
उनलाई इशाई धर्मको प्रवद्र्धन गरेको आरोप समेत लाग्दै आएको छ । तर, उनले काजक्रिया समेत गरेको रेकर्ड छ । यसपटक सोह् श्राद्धमा ढकालले पितृपूजा पनि गरे । उनले सोह् श्राद्ध गरेको तस्बिर सामाजिक सञ्जालमा समेत राखेका छन् । श्राद्ध गर्दा उनले बाबुआमाको तस्बिर समेत राखेका छन् । वरिपरि श्राद्ध सामाग्री राखेर तर्पण दिदैछन् ।
आफूमाथ लागेको आरोपको खण्डन उनले बोलेर नभई यसरी नै गर्दै आएका छन् । गोरखा घर भएका ढकाल युनिभर्सल पिस फाउण्डेशनमा आवद्ध छन् । उनी यही संस्थामार्फत् विदेश ओहोरदोहोर गर्छन् र अरुलाई पनि गराउँछन् । ढकालले विदेश लाने भएका कारण धेरै नेताहरु उनीसँग नजिक छन् ।
प्रतिक्रिया