आजको राशिफल

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १३, २०७९
|
|
१९ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकको लागि धनलाभ हुनसक्छ । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईंको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आज मेरो समय अनुकुल छैन, भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा नै उपयुक्त हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले सामाजिक सेवा भाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका व्यवसायीले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मन निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवतालाई सम्झदा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
अब पूर्णांकका आधारमा पढाइ नहुने ! नयाँ पाठ्यक्रम(मस्याैदा सहित)
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
बाम गठबन्धनभन्दा बाहिर गएर आफू प्रधानमन्त्री बन्ने कुरा सोच्न पनि नसकिने : प्रचण्ड
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान
लायन्स क्लव काठमाडौं धौलागिरीको रक्तदान
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
तनहुँ-१ मा रामचन्द्र पाैडेलको नयाँ पारीणाम
वाम गठबन्धनभित्र असन्तुष्टि
वाम गठबन्धनभित्र असन्तुष्टि
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी
इन्जिनियर्स एशोसिएशन निर्वाचनमा त्रिरत्न बज्रचार्य नेतृत्वको प्रगतिशिल प्यानल विजयी
कस्तो रहला आइतबारकाे देशभरको मौसम?
कस्तो रहला आइतबारकाे देशभरको मौसम?

तपाईंले छुटाउनुभयो कि?