सिसी क्यामरा प्रभावकारी बन्दै :नौ हजार चालक कारवाहीमा
सारांश
- काठमाडौं।
- ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।
- महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५र०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो।
काठमाडौं। ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५र०७६ मा उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सवारीसाधनका चालकलाई सिसि क्यामरा फुटेजको आधारमा सम्पर्कमा ल्याई कारवाही गरेको हो।
महाशाखाले दिएको जानकारीअनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुमबाट सडकमा खटिएको टोलीमार्फत पाँच हजार ३१४, महानगरीय प्रहरी कार्यालय रानीपोखरीको सिसि क्यामरा फुटेजको आधारमा एक हजार ९९७ र सर्भिलेन्स भेइकल र अन्य क्यामरामार्फत एक हजार ६९ चालकलाई कारवाही गरेको हो।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्त सिसि क्यामराको प्रयोगमार्फत सवारी नियम उलङ्घन गर्ने थुप्रै चालकलाई नियन्त्रणमा लिएर कारवाही गरेको बताउँछन्। “ट्राफिक प्रहरी देख्दा ट्राफिक नियम मान्ने, नदेख्दा ट्राफिक नियम उलङ्घन गर्ने प्रवृत्तिको अन्त्यका लागि सिसि क्यामरा सहयोगी बनेको छ”, उनी भन्छन्।
ट्राफिक नियम उलङ्घनका घटनासँगै महाशाखाले विसं २०७४ माघ २५ देखि सिसि क्यामराको प्रयोगमार्फत सवारीसाधनका चालकलाई कारवाही गर्दै आएको हो। महाशाखाले सिसि क्यामराका अतिरिक्त ड्यासबोर्ड क्यामरा, ग्रोप्रो क्यामरा, बडिवन क्यामरामार्फत पनि कारवाही गर्दै आएको छ। उपत्यकामा १० लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन्।
प्रतिक्रिया