म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १७, २०७९
|
|
३१ पटक हेरिएको
Shares
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम

सारांश

  • काठमाडौ ।
  • म्याग्दीमा तेश्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ ।
  • जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार भएको प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् ।

काठमाडौ । म्याग्दीमा तेश्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार भएको प्रतियोगितामा कास्कीको चुइलेका हितमान गुरुङ प्रथम भएका छन् ।

अन्नपूर्ण गाउँपालिका–५ घोप्टेखर्कबाट घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको हो । पच्चीस मिनेट ३८ सेकेन्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गरेर तेस्रो भएका हुन् ।

घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको प्रतियोगितामा विजयी भएका गुरुङको घोडा दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा आयोजित प्रतियोगिताको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    binance us registrācija

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

    Comment Author

    binance

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/fr-AF/register?ref=JHQQKNKN

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?