सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सनक चढे विश्व सखाप हुने आणविक हतियार घातक : प्रम ओली

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक हुने बताएका छन् ।
  • ७३ औं हिरोसिमा स्मृति दिवसमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली शान्ति अभियानमा लाग्नुपर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आणविक हतियार विश्वकै लागि घातक हुने बताएका छन् ।

७३ औं हिरोसिमा स्मृति दिवसमा नेपाल अफ्रो एशियाली जनएकता संगठनद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली शान्ति अभियानमा लाग्नुपर्ने बताए ।

“विश्वका जनता आणविक हतियारको पक्षमा छैनन्” प्रधानमन्त्री ओलीले भने, “यसको उत्पादन र प्रयोग नै मानव जातिको हितमा छैन ।” आणविक हतियार तयार गरेपछि प्रयोग गर्ने कौतुहलता हुनसक्ने र कसैको दिमागमा त्यस्तो सनक चढे विश्व नै सखाप हुने भएकाले यो घातक भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफू मानव जातिको हितमा लाग्ने बताए । आफ्ना लागि देश र जनता सर्वोपरि भएकाले निष्ठापूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?