नेपालले मलेसियालाई ५ विकेटले हरायो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
नेपालले मलेसियालाई ५ विकेटले हरायो

सारांश

  • श्रावण ३, २०७४- नेपाली युवा टिमले सिंगापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।
  • सिंगापुर क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.
  • ५ ओभरमा ५८ रनमै अलआउट गरेको थियो ।

श्रावण ३, २०७४- नेपाली युवा टिमले सिंगापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा मंगलबार मलेसियालाई ५ विकेटले पराजित गरेको छ ।

सिंगापुर क्रिकेट क्लबमा टस जितेर फिल्डिङ रोजेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५८ रनमै अलआउट गरेको थियो । जवाफमा नेपालले ५ विकेट गुमाएर २ सय ४१ बल बाँकी छँदै ६१ रन जोडेर छनोटमा लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा सोमबार नेपालले आयोजक सिंगापुरमाथि ४ विकेटको जित हासिल गरेको थियो ।

कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले मलेसियालाई सस्तैमा समेटेको थियो । उनले ८.५ ओभर बलिङ गर्दै १ मेडन राखेर १७ रन दिएका थिए । पवन सर्राफले तीन विकेट लिए भने किशोर महतो र सन्दीप सुनारले एक–एक विकेट बाँडे ।

नेपालको इनिङ्समा आसिफ शेखले सर्बाधिक २३ रन जोडे । प्रनित थापामगर १८ रनमा नटआउट रहे । अब नेपालले अफगानिस्तानसँग बिहीबार खेल्नेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?