पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
५० पटक हेरिएको
Shares
पत्नीको विहे प्रेमीसँग गराउँदै छोरा पनि उपहारमा

सारांश

  • सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला।
  • तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ।
  •  बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सात फेरा लगाएर भित्र्याएकी पत्नीलाई अर्कै पुरुषसँग विदाई गर्नुपर्ने अवस्था कसैको जीवनमा सायदै आउँला। तर, भारतको बिहारमा एक पुरुषको जीवनमा यस्तो स्थिती सिर्जना भएको छ। बिहारको भागलपुर जिल्लास्थित खिरीबाँध पञ्चायतको सालेपुर गाउँका राम (नाम परिवर्तन)ले आफ्नी पत्नीको विहे उनका प्रेमीसँग गरिदिएका छन् भने उपहारमा अढाई वर्षीय छोरा दिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यो घटनाको अहिले बिहारभर चर्चा छ।

राम सालेपुर गाउँमा पत्नीसँग फ्ल्याट भाँडामा लिएर बस्दै आएका थिए। स्थायी ठेगाना काजबलीचक भएका रामले गोड्डा जिल्लाकी पत्नी राधा (नाम परिवर्तन)सँग ४ वर्षअघि विहे गरेका थिए। विहेपछि उनी रोजगारका सिलसिलामा सालेपुर सरेका थिए ।

उनको छोरा पनि अढाई वर्षको भइसकेको थियो। यो बीचमा एउटा मुद्दामा उनलाई प्रहरीले पक्राउ ग(यो। जेल जानुप(यो। उनी जेल गएको समयमा पत्नीको हिमचिम घरबेटीका छोरा मोनूसँग बढ्यो। शारीरिक सम्बन्ध भयो, उनीहरु गहिरो प्रेममा परे।

जब राम जेलबाट छुटे तब उनकी पत्नी मौनूविना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेकी थिइन। पत्नीको घरबेटीका छोरासँग प्रेममा रहेको थाहा पाएपछि रामले अनपेक्षित निर्णय लिए। ग्राम पञ्चायत भवनमा सरपञ्च पवनकुमार साहसहित विशिष्ट व्यक्तिको उपस्थितीमा पत्नीको विहे प्रेमीसँग गरिदिए। आफ्नो अढाई वर्षीय छोरा पनि पत्नी र उनको प्रेमीलाई उपहार दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित
कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
दोस्रो अन्तरदेशीय प्रसारण लाइन : संयुक्त कम्पनी स्थापना र लगानीका लागि सरकारको स्वीकृति
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
​नेपालका बैंकमा ह्याकरका सफ्टवेयर ?
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनको साझा लक्ष्य : सभामुख महरा
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)