पाटन औद्योगिक क्षेत्रको आगो १४ घण्टापछि नियन्त्रणमा
सारांश
- काठमाडौं, २९ कार्तिक।
- ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा लागेको आगो झण्डै १४ घण्टापछि निभाइएको छ।
- मंगलबार साँझ ६ बजेतिर लागेको आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर दमकलको साथै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल समेत प्रयोग गरिएको थियो।
काठमाडौं, २९ कार्तिक। ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा लागेको आगो झण्डै १४ घण्टापछि निभाइएको छ। मंगलबार साँझ ६ बजेतिर लागेको आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर दमकलको साथै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल समेत प्रयोग गरिएको थियो।
औद्योगिक क्षेत्रभित्र रहेको आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगोले नजिकै रहेको पूर्ण काष्ठ उद्योग र पञ्चकन्या युनिकमा समेत क्षति पुगेको छ। आगलागीबाट करौडौँको क्षति भएको अनुमान गरिएपनि यकिन तथ्याङ् भने आउन बाँकी रहेको महानगरिय प्रहरी वृत्त जावलाखेलले जनाएको छ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
संघर्ष शेर्पा गोले
Cangres ko sar kar huda yestai ho kunai udog bechera khaye baki bko pani polera khai sake alaxina sarkar