याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ५, २०७५
|
|
४४ पटक हेरिएको
Shares
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !

सारांश

  • काठमाडौं, ५ जेठ ।
  • नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।
  • स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् ।

काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउनेगरि प्रयास थालेका छन् ।

स्रोतका अनुसार ओली–प्रचण्ड दुवै जना मधेशको मुद्दा सम्बोधन गर्नको लागि संविधान संशोधन गर्न तयार रहेका छन् । त्यसैले सरकारमा सहभागी हनको लागि राजपा र फोरम दुवै पार्टीका नेताहरुसँग नेकपाका नेताहरुले प्रस्ताव गरिरहेका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने प्रतिबद्धता ओली र प्रचण्डबाट आए आफूहरु पनि सरकारमा सहभागी हुन सक्ने संकेत गरेका संचारमाध्यममा खबर छ । तर यादवले यसको लागि संविधान संशोधनमा लिखित सहमति सरकारले जनाउनुपर्ने बताएका छन।

यता राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पनि सरकारमा सहभागी हुनको लागि सत्तारुढ दलबाट प्रस्ताव आएकोले आफूहरुपनि सकारात्मक रहेको बताइएकाे छ ।

राजपा नेपाल र फोरमले पनि ओली सरकार गठनमा समर्थन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
अभियुक्तलाई उन्मुक्ती दिन अदालत र प्रहरीमा चलखेल !
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
बिधुत समस्याबाट गाईघाट बासी रुष्ट,कर्मचारी फोन होल्डमा राखेर मस्त
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
प्रदेश १ मा कांग्रेस निरिह, गणना भैरहेका सबै क्षेत्रमा वामगठबन्धन अगाडि
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
पत्रकार सुमन सुस्केरा र भट्टराई लाई सुनकाण्डका एसएसपीले लात्ती हाने।
पत्रकार सुमन सुस्केरा र भट्टराई लाई सुनकाण्डका एसएसपीले लात्ती हाने।
भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?
भोट हाल्न नगई किन बसे काठमाडौंमै महन्थ ठाकुर ?
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी गोली हानाहानमा मारिए
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति
चवालिस प्रतिशत मतदान
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा