नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए भारत र चीनले बधाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७९
|
|
३४ पटक हेरिएको
Shares
नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई दिए भारत र चीनले बधाई

सारांश

  • काठमाडौं ।
  • नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
  • प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई दिइएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आज मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने कार्यक्रम तय भएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार यहाँस्थित चीनका कार्यवाहक राजदूत वाङ सिन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएका हुन् ।

दुवै राजदूतले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाई दिँदै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने बताएका थिए । चिनियाँ दूतावासका प्रवक्ताले पनि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष दाहाललाई बधाई’ भनिएको छ ।

भारतीय राजदूत श्रीवास्तवले पनि प्रधानमन्त्री दाहालको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउँदै उचाइमा पु¥याउने बताएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    rrinimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
सुत्केरीलाई पोषण खर्च
सुत्केरीलाई पोषण खर्च
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
लुम्बिनी र गौतमबुद्ध विमानस्थल सरकारको प्राथमिकतामा
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च
एनसेललाई ३९ अर्ब कर किन तोकेको : सर्वोच्च
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
पल शाहले जबर्जस्ती करणी मुद्दामा पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
प्रचण्डलाई अहिले निकै ठूलो घेराबन्दी,प्रचण्डको रक्षाका लागि काँध थाप्न तयार छौं : अनन्त
चिसो बढेपछि एक महिना विद्यालय बन्द
चिसो बढेपछि एक महिना विद्यालय बन्द

तपाईंले छुटाउनुभयो कि?