राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !

सारांश

  • काठमाडाै, ८ मंसिर।
  • राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन्।
  • जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।

काठमाडाै, ८ मंसिर। राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन्। जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन्।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन्।१८ करोड रुपैयाको  गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्। युवाहरुले पशुपतिबनकालि क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए ।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर वा उठेको सबै पैसा राष्ट्रपति कार्यालयलाई बुझाउने बताए।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?