मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
३८ पटक हेरिएको
Shares
मुलुकका सबै क्षेत्रमा छिट्टै टेलिफोन सेवा पुर्‍याउँछौँ : मन्त्री शर्मा

सारांश

  • काठमाडौं ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू-भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन् ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू-भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन् ।

मन्त्री शर्माले भनिन्, ‘देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा पुर्‍याउन अझै चुनौती छ, मोबाइललगायत सर्भरमा आएको समस्या हटाउँदै सुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि प्रयास भइरहेको छ ।’

अहिले पनि मुलुकका मुख्य राजमार्गका कतिपय स्थानमा टेलिफोन सेवाको सहज पहुँच नभएको उल्लेख गर्दै उनले राजमार्गमा देखिएका समस्या छिटो समाधान गरी अघि बढ्ने प्रयास भइरहेको जानकारी दिइन् ।

काठमाडौं उपत्यकालगायत कतिपय सहरी क्षेत्रमा घरधनीले टावर राख्न नदिएका कारण टेलिफोन सेवा विस्तारमा चुनौती देखिएको बताउँदै मन्त्री शर्माले सरोकारवाला पक्षसँग छलफल गरी दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा ल्याइने बताइन् ।

मन्त्रालयका काम–कारबाही र विधेयकसँग जोडेर भ्रम फैलाउने काम नगर्न आग्रह गर्दै उनले नयाँ बन्ने कानुनमा पनि कसैको फोन टेप गर्ने प्रावधान नराखिने स्पष्ट पारिन्

मन्त्री शर्माले भनिन्, ‘राष्ट्रहित र कानुनभन्दा बाहिर गएर कुनै काम गरिने छैन । दूरसञ्चार क्षेत्रको विकास र विस्तारका लागि नयाँ कानुन बनाउनुपर्ने आवश्यकता छ, पुराना कानुन हटाएर नयाँ कानुनको मस्यौदा निर्माण गर्ने क्रममा सरोकारवालालाई बोलाएर सल्लाह र सुझाव लिनेछौँ ।’

हुलाक सेवालाई पुनःसंरचना गर्ने विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै मन्त्री शर्माले सरकारले सबै पक्षमा काम गर्दा कानुन र नियममा टेकेरमात्र गर्ने स्पष्ट पारिन्। उनले आमसञ्चार, सूचना प्रविधि, चलचित्र, टेलिकमलगायत क्षेत्रमा देखिएका समस्या समाधान गर्दै नयाँ कार्यक्रमकोे दायित्वलाई व्यवस्थित रूपमा अघि बढाउन मन्त्रालय सक्षम रहेको बताइन् । मन्त्री शर्मासँग सांसद रघुजी पन्त, गगनकुमार थापा, रामहरि खतिवडा र ज्ञानबहादुर शाहीले प्रश्न सोधेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
सेक्स गर्न खासै ठूलाे ठाउँ चाहिँदैन… बच्चा जन्माउन अपिल गर्दै मन्त्रीले भनिन्
एउटा अनौठो सर्पले भैंसी र गोरुलाई समेत घाइते बनायो
शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
उन्नतिमा लागे बादी
उन्नतिमा लागे बादी
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
महन्थले भनेः मिति मात्रै सारेर चुनावमा आउँदैनौं ‘पहिले पनि हामीले मिति सार्नू भनेका होइनौं“
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम
सकियो दरबार हाईस्कुल पुनः निर्माणको काम