चिसो बढेपछि एक महिना विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
चिसो बढेपछि एक महिना विद्यालय बन्द

सारांश

  • मुगु ।
  • मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ ।
  • अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो ।

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी माघ १५ गतेसम्मका लागि जाडो बिदा दिने निर्णय गरिएको हो ।

गाउँपालिकाभित्रका उच्च हिमाली बस्ती सेरोग, दोल्फु, ताखा, खारी, कार्तिक, किम्री, चितै, मुगु, पुअ, दाउरा गरी करिब एक दर्जन गाउँका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले माथिल्लो करानमा पठनपाठन बन्द गरिएको अध्यक्ष लामाको भनाइ छ । पालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेपछि गाउँपालिकाभित्र कार्यरत शिक्षक आफ्नो घरतर्फ लागेका छन् । गाउँपालिकामा एक महिनासम्म विकास निर्माणका कामदेखि अन्य सरकारी सेवा प्रवाहका कामसमेत चिसोका कारण प्रभावित हुने बताइएको छ ।

विस्तारै चिसो कम भएपछि माघ १५ गतेपछि मात्रै गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी सेवाका काम नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । चिसो बढेपछि मुगुम कार्मारोङका माथिल्ला बस्ती मुगु, चितै, डोल्फु, किम्रीलगायतका बासिन्दा जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर झर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते
दाङमा अचेत अवस्थामै ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
प्रचण्ड र बाबुरामलाई रुवाउने सहिद पत्नी दिलमायाको प्रदेशसभा यात्रा
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
ट्याक्सीमाण्डुको वार्षिकोत्सवमा मंसिर महिनाभर छुटै छुट, चालकदेखि यात्रुसम्मलाई यस्ता छन् अफर
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
इटहरी उपमहानगर : मेयरमा ६ भोट, उपमेयरमा शून्य पनि, कांग्रेस एमालेबाहेक सबैको जमानत जफत
उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने
उपत्यकाका यी २३ स्थानमा आज सवारी चलाउन नपाइने
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
रास्वपालक्षित ओलीको कटाक्ष: देश चलाउने कुरा अरूलाई गाली गरेजस्तो र सहकारी ठगीजस्तो होइन
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
बम राख्ने हाम्रो पार्टीको नीति छैन– उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !
गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
गौतमबुद्ध विमानस्थल : भदौबाट व्यावसायिक उडान
गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता
गुठी विधेयक फिर्ताका लागि पत्र दर्ता

तपाईंले छुटाउनुभयो कि?