यौन दुर्व्यवहारको आरोपमा ललितपुरबाट समातिए पूर्वसभासद् घिसिङ
सारांश
- ललितपुर ।
- प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ ।
- महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् ।
ललितपुर । प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा उक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए । तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया