वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ११, २०७९
|
|
३० पटक हेरिएको
Shares
वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन माधव नेपालको प्रस्ताव

सारांश

  • काठमाडौं।
  • एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् ।
  • एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

काठमाडौं। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् । अध्यक्ष नेपालको प्रस्तावलाई सकारात्मक रुपमा लिँदै चाँडै निर्णय गर्न गौतमले जवाफ दिएका छन् ।

भेटका क्रममा अध्यक्ष नेपालले गौतमलाई अध्ययनका लागि एकीकृत समाजवादीका दस्तावेज प्रदान गरेका छन् । दस्तावेजको अध्ययनपछि मात्र एकीकृत समाववादीमा आउने या नआउने विषयमा गौतमले निर्णय लिने भएका छन् ।

सोे भेटमा एकीकृत समाजवादीका उपाध्यक्षद्वय प्रमेश हमाल र केशवलाल श्रेष्ठ, उपमहासचिवद्वय प्रकाश ज्वाला र गङ्गालाल तुलाधर पनि सहभागी थिए ।

(https://www.softlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?