राप्रपाका उम्मेदवार नै एमालेमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
३९ पटक हेरिएको
Shares
राप्रपाका उम्मेदवार नै एमालेमा प्रवेश

सारांश

  • बनेपा: आसन्न मसिंर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्वर १ बाट सर्वसम्मत सिफारिस भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एंव कलाकार रविन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्।
  • लामो समय कलाकारितामा रहेका खड्का पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै आएका थिए।
  • उनले बिहीवार काभ्रेमा पत्रकार सम्मेलन गरी राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको घोषणा गरेका हुन्।

बनेपा: आसन्न मसिंर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्वर १ बाट सर्वसम्मत सिफारिस भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एंव कलाकार रविन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्।

लामो समय कलाकारितामा रहेका खड्का पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै आएका थिए। उनले बिहीवार काभ्रेमा पत्रकार सम्मेलन गरी राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको घोषणा गरेका हुन्।

पार्टीले लिएको नीति, सिद्धान्त र कार्यकर्ताको विचार विपरीत चुनावी तालमेल र सहमति गरेको आरोप लगाउँदै आफू राष्ट्रवादी दलमा बसेर काम गर्न लागेको प्रष्ट्याए। ‘राप्रपा सदाका लागि परित्याग गर्दै राष्ट्रवादी दलसँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई विजयी गराउन लाग्नेछौ’ उनले भने ‘अब मेरो साथ र समर्थन एमालेलाई हुनेछ।’

पनौती नगरपालिकाको मेयरका उम्मेदवार भएर पराजित बनेका खड्का राप्रपा निकट रहेको राष्ट्रवादी कलाकार मञ्चको केन्द्रीय अध्यक्ष रहिसकेका छन्। उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठसहित पचास जना नेता कार्यकताले पार्टी परित्याग गरेको खड्काले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?