डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको ज्यान गयाे
सारांश
- इस्लामाबाद ।
- उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ ।
- प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
इस्लामाबाद । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ ।
प्रान्तको कोहाट जिल्लास्थित टाँडा बाँधबाट २१ जनाको शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।
ज्यान गुमाएका अधिकांश सात देखि १४ वर्षका स्कूले केटाकेटी हुन् । उनीहरू वनभोज खान बाँध क्षेत्रमा पुगेका थिए । गोताखोरले १६ जनालाई उद्धार गरेका थिए । उद्धारमा देशको जल तथा स्थलसेना परिचालन भएको थियो ।
हराइरहेका दुई जना विद्यार्थीको अझै खोजी भइरहेको कोहाट जिल्लाका प्रहरी अधिकृत अब्दुल रफुर बाबर कुरेसीले जानकारी दिएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया