बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
बुधबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर यस्तो छ

सारांश

  • काठमाण्डौ – मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ ।
  • बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ ।
  • मंगलबार डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो ।

काठमाण्डौ – मंगलबार केही बढेको रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्रा बुधबार फेरि घटेको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ । मंगलबार डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा थियो ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।
यस्तै बुधबार कतारी रियाल १ को ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ । मंगलबार यसको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा थियो ।

यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा  पुगेको छ । मंगलबार खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०५ पैसा तोकिएको छ । मंगलबार रिंगिटको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ३३ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ९३ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

मंगलबार कुवेती दिनार १ खरिददर ३७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रपैयाँ २६ पैसा छ । मंगलबार एक सयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?