नयाँ पुस्ताले सिकेनन् : लोप हुँदै गन्धर्वको पेशा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
२८ पटक हेरिएको
Shares
नयाँ पुस्ताले सिकेनन् : लोप हुँदै गन्धर्वको पेशा

सारांश

  • हुमाकान्त पोखरेल,‘दुःखीलाई आएन काल : बाँचुञ्जेली सधैँको यही चाल’ ।
  • गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो ।
  • सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो ।

हुमाकान्त पोखरेल,‘दुःखीलाई आएन काल : बाँचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्धर्वले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो ।शरीरमा पहिले झैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उहाँको रुचि घटेको छैन् । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उहाँ कायम राख्न चाहानुहुन्छ । तर, उहाँलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिनसकेका छैनन् ।

पहिले–पहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्दर्भ जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन चलाउथे ।

चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ पुग्नुभयो । ६२ वर्षसम्म उहाँले देशमा शासन–व्यवस्था परिवर्तन भएको देख्नुभयो । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उहाँसँग अझै सम्झना छ । विडम्बना, उहाँले अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाउनुभएको छैन ।

उहाँको गायन पेशा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफूहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । “गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन”, उहाँले भन्नुभयो, “राज्यले हेरेन, छोराले सिकेनन् ।”

उहाँको छिमेकी पेमबहादुर गन्धर्व उमेरले ५० वर्ष पुग्नुभयो । नियमित गन्दर्भ जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । जम्मा १२ छोराछोरीमध्ये अहिले ११ जीवित छन् । उहाँ गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुग्नुभयो । त्यसैबाट परिवारको गुजारा गर्नुभएको उहाँको अहिले भने त्यत्ति गाउने जागर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु ।

“गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन”, प्रेमबहादुरले भन्नुभयो, “बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।” पहिले–पहिले गीत गाइसकेपछि अन्न, नूनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उहाँले बताउनुभयो । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जान्नुभएको छ ।

आफै सारङ्गी बनाउने र बजाउने हुँदा केही रुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “कुनै–कुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्”, उहाँले भन्नुभयो, “गाउन जाँदा वचन सुन्नुपर्छ ।”

नयाँ पुस्ताले सिकेनन्

चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदूरी गर्नुहुन्छ । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा हुनुहुन्छ । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुईमध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीलाई विदेश जाने तयारीमा छन् । बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउनुहुन्छ । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेशा लोप हुँदै गएको छ ।

“अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो”, चुराबहादुरले भन्नुभयो, “छोराहरुले सिक्नै खोज्दैनन् ।” आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उहाँको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफूहरुको पेशा सङ्कटमा परेको बताउनुभयो ।

आफू रहुञ्जेल सारङ्गी बजाए पनि आफूपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गर्नुभयो । “सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्”, उहाँले भन्नुभयो,“रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।”

प्रेमबहादुरका माइला छोरा शरण गन्धर्ब गायन पेशाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिनुभयो । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरुले पनि गाउन नसकेको उहाँले बताउनुभयो । रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताउनुभयो । “यही पेशाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ”, उहाँले भन्नुभयो, “तर आम्दानी हुँदैन ।” यदि राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि
वनमौरी लोपोन्मुख हुँदै
वनमौरी लोपोन्मुख हुँदै
लिगलिगमा दौडेर राजा छानिने, को बन्ला !
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ
२४ जना जुवाडे काठमाडौंबाट पक्राउ
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
नियमीत सेक्स गर्नुका फाईदा !
नियमीत सेक्स गर्नुका फाईदा !
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
Kamal Haasan starrer ‘Vishwaroopam 2’ trailer is out!
Kamal Haasan starrer ‘Vishwaroopam 2’ trailer is out!
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा

तपाईंले छुटाउनुभयो कि?