गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
सारांश
- काठमाडौं ।
- काठमाडौंमा दुईदिनसम्म चलेको गैरसरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय समिति चुनेको छ ।
- नागरिक सम्मेलन मार्फत गरिएको अधिवेशनमा सातै प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिको भेलाले नयाँ समिति निर्वाचित गरेको हो ।
काठमाडौं । काठमाडौंमा दुईदिनसम्म चलेको गैरसरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय समिति चुनेको छ ।
नागरिक सम्मेलन मार्फत गरिएको अधिवेशनमा सातै प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिको भेलाले नयाँ समिति निर्वाचित गरेको हो ।
अधिवेशनको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पु-याएको बताए । नागरिक समाज तथा नागरिक संघ संगठनले शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकका रुपमा आफ्नो भूमिका खेलिरहेको उल्लेख गरे ।
राज्य र जनताबीच पुलको भूमिका खेल्नसक्ने बताउँदै सभामुख महराले ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन गैससले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु,’ उनले भने, ‘गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाले गर्ने कामको आर्थिक पारदर्शिता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको छ ।’
महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा ध्रुवप्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी, अर्जुन भट्टराई, सचिव भावना भट्ट, देवी प्रसाद तिमिल्सिना, बैद्यनाथ चौधरी, सोभराम डाँगी, उमेश विक, धर्मराज पाठक र डिल्लु घिमिरे, कोषाध्यक्ष बिष्णु थकाली निर्वाचित भएका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यमा बालमुकुन्द सुवाल, राजेन्द्र शर्मा, ईश्वरलाल राजभण्डारी, दिपेन्द्र प्रकाश डिसी, लक्ष्मणबहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जयकुमार दाहाल, भीमप्रसाद शर्मा, रामचन्द्र शाह, विमलकाजी श्रेष्ठ, मिलनकुमार घिसिङ्ग, काँसीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मा सिंह थारु, सावित्रा घिमिरे विक, छविलाल खतिवडा, बुद्धशरण लामा, नानीमाया थापा, काजीराम रोका, गामा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन् ।
प्रतिक्रिया