कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
कैलालीका टीकापुर र जानकी गाउँपालिकामा बाढी पस्यो, करिब २ सय घर डुबानमा

सारांश

  • श्रावण २०, २०७४- कैलालीमा वर्षा र नदीको सतह बढेर पानी बस्तीमा पसेपछि टीकापुर र जानकी गाउँपालिकाका गरी करिब २ सय घर डुबानमा परेको छ ।
  • टीकापुर नगरपालिकाको वडानम्बर ६ को भर्तापुर गाउँका ५२ घर विस्थापित भएका टीकापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले बताए ।
  • उनका अनुसार पथरैया नदीको सतह बढेर पानी भर्तापुर गाउँमा पसेपछि ५२ घरका मानिसहरु उचो ठाउँ रहेको भगवानपुरतिर र केही भर्तापुर प्राविमा सरेका जानकारी दिए ।

श्रावण २०, २०७४- कैलालीमा वर्षा र नदीको सतह बढेर पानी बस्तीमा पसेपछि टीकापुर र जानकी गाउँपालिकाका गरी करिब २ सय घर डुबानमा परेको छ । टीकापुर नगरपालिकाको वडानम्बर ६ को भर्तापुर गाउँका ५२ घर विस्थापित भएका टीकापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले बताए । उनका अनुसार पथरैया नदीको सतह बढेर पानी भर्तापुर गाउँमा पसेपछि ५२ घरका मानिसहरु उचो ठाउँ रहेको भगवानपुरतिर र केही भर्तापुर प्राविमा सरेका जानकारी दिए । टीकापुर नगरपालिकाको वडा नम्बर–१ का बजार क्षेत्रको ब्लक नम्बर बी, १४, १७, १८, १९ नम्बरमा घरहरु डुबानमा छन् । यहाँका पक्की सडकमाथि पानी बगिरहेको छ ।

यस्तै जानकी गाउँपालिकाको वडा ४ को फरैला र ७ को जवलपुरका सय बढी घर डुबानमा परेका छन् । पथरैया र कुलरिया नदीको पानी गाउँमा पस्दा सयौं जना विस्थापित भएका छन् । विस्थापितहरुको प्रहरी, स्थानीय दैवी प्रकोप उद्धार समूहमार्फत उद्धार भइरहेको छ । बाढीपीडितलाई तत्काल राहतको लागि सुक्खा खाना तथा विभिन्न स्थानमा खानाको व्यवस्था गरिरहेको जानकी गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए ।

जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अवजर्बर बृजलाल चौधरीका अनुसार पछिल्लो १२ घण्टामा चिसापानीमा २०८.८  मिलिमिटर पानी परेको छ भने धनगढीमा ९४.३ मिलिमिटर वर्षा भएको छ । कर्णाली नदीमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । कर्णाली नदीको सतहमा बाढी ९ मिटर पुग्नुलाई खतरा मानिन्छ भने अहिले १० मिटर पुगेकाले तल्लो तटका मानिसहरुलाई सचेत गराएको छ ।

कैलालीको पश्चिमभन्दा पूर्वी क्षेत्रमा बढी पानी परेकाले यहाँका कर्णाली र पथरैया नदीमा बाढीको सतहले खतराको तह नाघेको हो । यसले गर्दा कर्णाली नदी आसपासका गाउँहरु डुबानमा परेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?