लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लुम्बिनीमा ५ हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र यस्तो बन्ने

सारांश

  • लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ ।
  • बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।
  • लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो ।

लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको निर्माण कार्य सुरु गरेको हो । केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हँुदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीको समेत सहभागिता थियो ।

३२ करोड लगानी हुने
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल निर्माणका लागि झन्डै ३२ करोड खर्च लाग्ने भएको छ । सो हल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् । सभाहलको निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रवद्र्धनमा समेत महŒवपूर्ण भूमिका हुने भनाइ छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीको खर्च साढे ६ करोड
यस वर्षको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीमा साढे ६ करोड खर्च भएको छ । विगत वर्षहरूमा ५० देखि ७० लाखसम्म खर्चमा हुने गरेको थियो । तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्नका लागि कोषले चार करोड रुपैयाँ खर्च गरेको छ भने अन्य कार्यक्रमका लागि दुई करोड पचास लाख खर्च गरेको छ । दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसमेत भएकाले यसपटक बढी खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє8-| ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयाे
ट्रकको ठक्करबाट दुई जनाको ज्यान गयाे
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
अब यी साना तथा ठुला व्यवसायहरूले पनि अनिवार्य भ्याट (VAT) मा दर्ता गराउनै पर्ने !
प्रम ओली र नेपालबीच बैठकमै भनाभन, ओलीले भने तपाईको शुभकामना चाहिएन
प्रम ओली र नेपालबीच बैठकमै भनाभन, ओलीले भने तपाईको शुभकामना चाहिएन
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !
१५ हजार सरकारी कर्मचारी नै गरिबको सूचिमा !
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
विधेयक पारित भइसक्यो, अब पुनर्विचार हुँदैन, केसीसँग वार्ताको सम्भावना छैन : खनाल
विधेयक पारित भइसक्यो, अब पुनर्विचार हुँदैन, केसीसँग वार्ताको सम्भावना छैन : खनाल
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
ओलीविरुद्ध फेरि घेराबन्दी, नेकपामा फेरि दुर्घटनाको खतरा
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
फराकिलो मतअन्तरले लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णहरी भण्डारी विजयी.
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा
मुस्ताङ दुर्घटनापछि सभामुख महराले उठाए मजदूरहरुको जीवन बिमाको कुरा

तपाईंले छुटाउनुभयो कि?