सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै सर्वोच्चमा रिट
सारांश
- काठमाडौँ, १२ जेठ – सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको छ ।
- अधिवक्ता अच्युत खरेलले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै निवदेन दर्ता गरेका हुन् ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए ।
काठमाडौँ, १२ जेठ – सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका हुनुपर्ने माग गर्दै रिट निवेदन दर्ता गरिएको छ ।
अधिवक्ता अच्युत खरेलले प्रतिनिधि सभा र प्रदेश सभामा एउटै पार्टीको सभामुख र उपसभामुख भएकाले त्यो संविधान विपरीत भएकाले पुनः निर्वाचन गरेर फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने माग राख्दै निवदेन दर्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराएको सर्वोच्चका सहप्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिए । दुई पार्टीको एकीकरणपछि सबै संघ र प्रदेशमा सभामुख र उपसभामुख नेकपाकै रहेका कारण संविधान विपरित भएको भन्दै रिट परेको हो ।
नेपालको संविधानको धारा, ९१ को उपधारा ९२० को ९१०मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने उल्लेख छ ।
प्रतिनिधि सभा र ६ वटा प्रदेशसभामा सभामुख र उपसभामुख नेपाल कम्युनिष्ट पार्टीकै भएको र त्यो संविधान विपरीत भएकाले उत्प्रेरणको आदेशमार्फत अलग अलग पार्टीको हुनुपर्ने माग राखिएको छ ।
प्रतिक्रिया