फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
फाईनल भए बलिउडको सबैभन्दा महंगो फिल्मका अभिनेता

सारांश

  • मुम्बई, ५ साउन ।
  • बलिउडको चर्चित व्यानर यशराज फिल्म्सले अहिले सम्म कै सबैभन्दा महंगो फिल्म निर्माण गर्ने भएको छ ।
  • ६ देशका १४ चर्चित शहरहरुमा शुटिङ् गरिएको उक्त फिल्म एक्शन– थ्रिलर हुने निर्माण पक्षको दावी छ ।

मुम्बई, ५ साउन । बलिउडको चर्चित व्यानर यशराज फिल्म्सले अहिले सम्म कै सबैभन्दा महंगो फिल्म निर्माण गर्ने भएको छ ।

६ देशका १४ चर्चित शहरहरुमा शुटिङ् गरिएको उक्त फिल्म एक्शन– थ्रिलर हुने निर्माण पक्षको दावी छ ।
फिल्मको नाम फाईनल नभएपनि उक्त फिल्ममा बलिउडका दुई एक्शन स्टार ऋतिक रोशन र टाईगर श्रफले अभिनय गर्ने भएका छन् । यो उनीहरु सँगै देखिएको पहिलो फिल्म हुनेछ ।

आउने सितम्बरबाट शुटिङ् सुरु हुने फिल्म बलिउड दर्शकका लागि नयाँ खालको हुने निर्माण पक्षको दावी छ । स्पेन, जर्जिया, इटाली, पोर्चुगल र स्वीडेनका विभिन्न शहरहरुमा शुटिङ् हुने फिल्मा केही दृष्य इण्डियाका विभिन्न शहरहरुमा छायांकन गरिनेछ ।

बलिउडको सबैभन्दा ठूलो एक्शन–थ्रिलर फिल्म हुने भएकाले यसको बजेट पनि त्यसै अनुसारको हुनेछ । ऋतिक र टाइगरको एक्शनका साथै अन्तर्राष्ट्रिय दृष्य समेत अवलोकन गर्न पाइने भएकाले फिल्म उत्कृष्ट हुने पक्का छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?