ओलीद्वारा प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
ओलीद्वारा प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन आग्रह

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् ।
  • आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए ।

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताएका छन् ।

आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिए । “स्नातकोत्तर तहको प्रमाणपत्र सिरानमा राखेर केही उपलब्धि हुँदैन”, उनले भने, “अब हरेक शिक्षालयले सीपयुक्त शिक्षामा आधारित जनशक्ति उत्पादन गर्नुपर्छ । यसका लागि राज्यले वातावरण बनाउनुपर्छ ।”

सो अवसरमा प्राचार्य ठाकुरप्रसाद भट्टराईले बहुप्राविधिक शिक्षालयमा सिभिल इञ्जिनीयर, अटो मोबाइल, रेफ्रिजेरेटर एण्ड इयर कण्डिशन तथा मेकानिकल विषय पढाउनका लागि सिटिइभिटीबाट स्वीकृित प्राप्त भइसकेको जानकारी दिए । हरेक विषयमा ४८ जनाको कोटा रहेको उक्त शिक्षालयले हरेक वर्ष एक सय ९२ विषयगत प्राविधिक जनशक्ति उत्पादन गर्ने उनले बताए ।

रु चार करोड ६४ लाखमा निर्माण सम्झौता भएको उक्त भवन काठमाडौँको जेभी भाईवा निर्माण कम्पनीले बनाउन ठेक्का लिएको छ । अठार कोठे तीन तले भवन यही आगामी २०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?