मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मन्त्रालयका कर्मचारीमाथि उल्टै मुद्दा दायर गर्ने विद्यालय कर्मचारीको तयारी

सारांश

  • काठमाडौं, २९ वैशाख।
  • विद्यालय कर्मचारीहरुले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्नु नै बिहिवार शिक्षा मन्त्रालयमा घटना घट्नुको कारण भएको बताएका छन् ।
  • विद्यालय कर्मचारी नारायणी नमुना मावि चितवनका पूर्व लेखापाल गोविन्द बहादुर पौडेलले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि आक्रमण गरेका थिए ।

काठमाडौं, २९ वैशाख। विद्यालय कर्मचारीहरुले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगर्नु नै बिहिवार शिक्षा मन्त्रालयमा घटना घट्नुको कारण भएको बताएका छन् ।

विद्यालय कर्मचारी नारायणी नमुना मावि चितवनका पूर्व लेखापाल गोविन्द बहादुर पौडेलले बिहिवार मन्त्रालयका उप–सचिव विदुरराज गिरीमाथि आक्रमण गरेका थिए । सिसाको जगले टाउकोमा हान्दा उपसचिव गिरीको टाउकोमा चोट लागेको थियो ।

शनिवार पत्रकार सम्मेलन गरेर उनीहरुले घटना योजनावद्ध नभएर विद्यालय कर्मचारी व्यवस्थापनका सम्बन्धमा बुझ्न जाँदा आपसी विवाद भइ तत्कालीन आवेशमा हातहालहाल भएको दावी गरेको छ । विद्यालय कर्मचारीहरुले उल्टै सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेकाले गिरी विरुद्ध पटके अपहेलना र अन्य संलग्न पदाधिकारी विरुद्ध अपहेलना मुद्धा दर्ता गरिने स्पष्ट पारेका छन् ।

यसअघि सर्वोच्च अदालतको कार्यान्वयन नगरेको भन्ने २०६९–ःक्–००२६ अपहेलना मुद्दामा उप–सचिव विपक्षी रहेको र त्यसमा कारण देखाउ आदेश जारी भएर गिरी स्वयंले ६ महिना भित्र कार्यान्वयन गर्छु भनी लिखित जवाफ लगाएपछि गिरीलाई कार्बाही नभएको दुल्लव मावि गोरखाका विद्यालय कर्मचारी लालबहादुर श्रेष्ठले जानकारी दिए । बीचमा गिरी मन्त्रालयमा कार्यर नरहेको अवस्थामा विस्तृत प्रतिवेदन र नियमावली मस्यौदा तयार भएको समेत श्रेष्ठले बताए । तर, पुनः उप–सचिव मन्त्रालयमा आएपछि विद्यालय कर्मचारीको दरवन्दी नभएको र अस्थायीय शिक्षक समान सुविधा दिए हुने भनी २०७४ साउन २३ मा टीप्पणी लेखेकाले सो बारे बुझन जाँदा घटना घटेको श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतका पूर्व प्रधान न्यायधीश गोपाल पराजुली र कामु प्रधान न्यायधीश दिपकराज जोशीको संयुक्त इजलाशले २०७१ भदौ १२ मा गरेको फैसलाको मुद्दामा गिरी स्वयं प्रतिवादी रहेका र त्यस मुद्दाको दोस्रो पृष्ठमा २०३८ मंसिर ११ मा च.न.ं ९४८ र २०३९ पुष ७ मा च.नं.१०२२ बाट पियन र पालेको दरवन्दी वितरण भएको उल्लेख रहेको अधिवक्ता कोषराज काफ्लेले जानकारी दिए । त्यसैले गिरी विरुद्धको अपहेलना मुद्दा दह्रो भएको उनले दावी गरे ।

हल, आक्रमणमा संलग्न विद्यालय कर्मचारी गोविन्द बहादुर पौडेल महानगरीय प्रहरी वृत्त अनाम नगरको हिरासतमा रहेका छन् । उनलाई सार्वजनिक अपराधको मुद्दा चलाएर ५ दिने म्याद थप गरिएको छ ।

उता, शिक्षा मन्त्रालयले भने विहीवार मन्त्रालयका कर्मचारी गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । साथै, दोषीलाई कानून बमोजिम हदैसम्मको कानूनी कारबाही गर्न समेत माग गरेको छ ।
मन्त्रालयले शुक्रवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै विहीवार अपरान्ह ४ः५० बजे मन्त्रालयका शैक्षिक व्यवस्थापन महाशाखा अन्तरगत विद्यालय शिक्षा शाखामा कार्यरत उप–सचिव श्री विदुरराज गिरीमाथि गोविन्दबहादुर पौडेललगायतका विद्यालय कर्मचारीहरुले विना कुनै वादविवाद एक्कासी मुड्कीले टाउकोमा जथाभावी हानेको र सोपछि शिशाको जगले ज्यानै जानसक्ने गरी टाउकोमा प्रहार जनाएको हो । विद्यालय कर्मचारीहरुको आक्रमणबाट गिरी बसिरहेको कुर्सीबाट भुइमा लडेका र रगताम्य भएका साथै, तत्काल शाखामा उपस्थित कार्यालय सहयोगी सिद्धिबहादुर महर्जन र सीमा लामाले रोकेका कारण थप आक्रमण विफल भएको स्पष्ट पारेको छ ।

घट्ना हुनासाथ महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबार र महानगरीय प्रहरी वृत्त अनामनगरबाट प्रहरी नायब उपरीक्षक सहितको टोली आई घट्नास्थलको अवलोकन समेत गरी घाइते विदुराज गिरीलाई उपचारका लागि बीर अस्पताल, ट्रमा सेन्टरमा लगिएको विज्ञप्तिमा जनाइएको छ ।
कर्मचारी संगठनद्वारा घटनाको भत्सर्ना
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन शिक्षा विभागीय कार्यसमितिलगायत कर्मचारीका विभिन्न संघसंगठनहरुले उप–सचिव गिरीमाथि कार्यकक्षमै भएको आक्रमणको भत्सर्ना गरेका छन् । बिहीवार बेलुकी नै एक बिज्ञप्ती निकाल्दै संघसंगठनहरुले सिंहदरवार भित्रै कर्मचारी असुरक्षित हुनु दुखद भएको भन्दै आक्रमणकारी व्यक्ति र समुहलाई हदै सम्मको कारवाही गर्न र घाइतेको शिघ्र उपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
सामाजिक सुरक्षा योजनामा १९६ रोजगार दाता सूचिकृत
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
भारतमा आगामी केही साता किन निकै सङ्कटपूर्ण
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
कांग्रेसको तर्फबाट ऋषि धमला प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
पोल्यान्डको पोष्टमा वेल्जियमको आधा दर्जन गोल
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास विभागले बुझायाे प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल
सांसदलाई रातो पासपोर्ट बनाउन संशोधनको चलखेल

तपाईंले छुटाउनुभयो कि?