वामगठबन्धनको दुई तिहाइ सपना मात्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
वामगठबन्धनको दुई तिहाइ सपना मात्र

सारांश

  • राजविराज, १५ मंसिर , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताउनुभएको छ ।
  • सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सुमनले आज रासससँग कुरा गर्दै उहाँले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गर्नुभयो ।
  • नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्नुभयो ।

राजविराज, १५ मंसिर , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताउनुभएको छ ।

सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सुमनले आज रासससँग कुरा गर्दै उहाँले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गर्नुभयो ।

नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी गर्नुभयो ।

वामगठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेशी जनताको आन्दोलन जारी रहने बताउनुभयो ।

मधेशी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Madan Rokaya

    सहि कुरा

    Comment Author

    Jiban Gurung

    Lagan gatho ahile tanatan xa chunab paxi kata patti hune ho

    Comment Author

    Raju Sth

    सपना देखे हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु
कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
चार क्विन्टल गाँजासहित दुई भारतीय पक्राउ
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
आर्मेनिया र अजरबैजानबीच गोलाबारी, ४९ आर्मेनियाली सैनिक मारिए
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू
फागुन १९ गते सोमबारको राशिफल यस्तो छ
फागुन १९ गते सोमबारको राशिफल यस्तो छ
पूर्णता पायो मधेस प्रदेश सरकारले
पूर्णता पायो मधेस प्रदेश सरकारले
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई
सरकारले कमिसन खाएर बुढिगण्डकी आयोजना निर्माणको जिम्मा निजी क्षेत्रलाई दियाे: बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?