सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
३० पटक हेरिएको
Shares
सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) , ३० जेठ ।
  • स्थानिय तहले महिलाहरुको लागी लक्षीत वर्गको कार्यक्रम अन्र्तगत संचालन गरेको सिपमुलक तालिम वाट महिलाहरु आत्मनिर्भर बन्न थालेका छन ।
  • वुद्धभुमी नगरपालिका गोरुसिगे निवासी लक्ष्मी न्यौपानेले सिपमुलक वुटीक निमार्ण तालिम लिएकोले अव आफु आत्मनिर्भर बन्ने वताइन ।

माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) , ३० जेठ । स्थानिय तहले महिलाहरुको लागी लक्षीत वर्गको कार्यक्रम अन्र्तगत संचालन गरेको सिपमुलक तालिम वाट महिलाहरु आत्मनिर्भर बन्न थालेका छन ।

वुद्धभुमी नगरपालिका गोरुसिगे निवासी लक्ष्मी न्यौपानेले सिपमुलक वुटीक निमार्ण तालिम लिएकोले अव आफु आत्मनिर्भर बन्ने वताइन । नगरपालिकाले संचालन गरेको दुई महिने तालिमको समापनमा वोल्दै तालिममा सहभागी न्यौपानेले नगरपालिकाको यो कार्यको प्रशांसा गरिन ।आफ्नो हातमा कुनै सिप नभएकोले वेरोजगार भएर वसेको वेला नगरपालिकाको आयोजनामा रहेको उक्त वुटीक तालिम ल्याउन पाउदा खुसी व्यक्त गरिन ।त्यस्तै सहभागी देवका खनालले पनि आफुले यस तालिममवाट प्राप्त गरेको सिपमा व्याभारमा उतार्ने प्रतिवद्धता जनाइन ।नगरपालिकामा महिलाहरुलाई आत्मनिर्भर वनाउने तालिम संचालन गरेकोमा धन्यवाद दिईन ।

वुद्धभुमी नगरपालिकाको आर्थिक सहयोग र लुम्वीनी प्रविधिक शिक्षालयको प्रविधिक सहयोगमा संचालीत २ महिने वुटीक निमार्ण तथा ढकिय तालिमको समापन गर्दै नगरप्रमुख केशवकुमार श्रेष्ठले सिकेका कुरालाई व्याभारमा उतार्नुपर्ने वताए । महिलालाई आत्मनिर्भर तथा रोजगार सिर्जना गराउने उद्देश्यले संचालन गरेको उक्त तालिमा अवका दिनमा तालिममा सहभागी भएकाहरुले आफ्नो घरमा तथा व्यावसाय संचालन गरेर वुटीक तथा ढकीया निमार्ण गराउनुपर्ने वताए । सिप नहुदा महिलाहरु सधै चुलो चौकोमा मात्र सिमित भएकोले आफुनै अग्रसर भएर व्यावसाय संचालन गर्नुपर्नेमा जोड दिए ।प्रमुख श्रेष्ठले भने“ नगरपालिकाले दिने सिप हो त्यो हामिले दिएका छौ वाकि तपाइहरुको काम हो कसरी व्याभारमा ल्याउने भन्ने”

त्यस्तै कार्यक्रममा वोल्दै उपप्रमुख मिरा थारुले महिलाहरुको लागी यो सुनौलो अवशर रहेकोले सहभागी भएर सिप सिक्ने मौका पाएको वताइन । नगरपालिका भित्र रहेको महिलाहरुकै लागी संचालन गरिएको सो तालिम वाट केहि फरक महसुस गराउनुपर्ने थारुले वताइन ।

कार्यक्रममा वुद्धभुमी नगरपालिका वडा न ९का अध्यक्ष खुमान्नद न्यौपाने,वडा न ८ का अध्यक्ष कपिलदेव तिवारी लगाएतले तालिममा सिकेका कुरालाई व्यभारमा उतार्न आग्रह गर्दै नगरपालिका वाट सवैको घरघरमा अनुगमन गर्ने वताए । वुटीक निमार्ण तथा ढकिय तालिममा सहभागी १ सय ६ जना र आधारभुत सैलुन तालिमका १८ जनालाई प्रमाण पत्र वितरण गरिएको छ ।

लुम्वीनी प्रविधिक शिक्षालयका अध्यक्ष कासीराम खनालको अध्यक्षता ,वुद्धभुमी नगरपालिका नगरप्रमुख केशवकुमार श्रेष्ठको प्रमुख आतिथ्यता,उपप्रमुख मिरा थारुको विशिष्ट आतिथ्यता, वडा अध्यक्ष खुमान्नद न्यौपाने,कपिलदेव तिवारी लगाएतको आतिथ्यतामा रहेको कार्यक्रम मदन लम्सालको स्वागत र दिपक केसीको संचालनमा सम्पन्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?