भारतीय नागरिकको हत्या आरोपमा दम्पत्ती पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २१, २०७९
|
|
२७ पटक हेरिएको
Shares
भारतीय नागरिकको हत्या आरोपमा दम्पत्ती पक्राउ

सारांश

  • काठमाडौं ।
  • गुल्मीमा एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा श्रीमान–श्रीमती नै पक्राउ परेका छन् ।
  • भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् ।

काठमाडौं । गुल्मीमा एक भारतीय नागरिकको हत्या गरेको अभियोगमा श्रीमान–श्रीमती नै पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् ।

आज जिल्ला प्रहरी कार्यालय गुृल्मीले पत्रकार सम्मेलनको आयोजना गरी अभियोेग लागेकाहरुलाई सार्वजनिक गरेको छ । गत १९ गते भारतीय नागरिक आलिनामको शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

उक्त शवको बारेमा अनुसन्धान गर्दै जाँदा १२ माघमा अधिकारी दम्पतीले आलिनामको हत्या गरेको खुलेको थियो । गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटका अनुसार उनीहरु दुबैले हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?