ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?

सारांश

  • काठमाडौं, २० साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शिक्षाका बारेमा कुरा गर्नुभयो, सिपको चर्चा गर्नुभयो र व्यक्तिको क्षमता अनुकुलको कक्षाको आवश्यकतामा जोड दिएका छन् ।
  • शुक्रबार ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ बिषयक कार्यक्रममा ओलीले दक्ष जनशक्ति उत्पादन गर्न चाहिने उपयोगी शिक्षाको वहस नै छेडे ।

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शिक्षाका बारेमा कुरा गर्नुभयो, सिपको चर्चा गर्नुभयो र व्यक्तिको क्षमता अनुकुलको कक्षाको आवश्यकतामा जोड दिएका छन् ।

शुक्रबार ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ बिषयक कार्यक्रममा ओलीले दक्ष जनशक्ति उत्पादन गर्न चाहिने उपयोगी शिक्षाको वहस नै छेडे । ‘नारायण गोपाललाई गीत गाउन नदिएर फुटवल खेलाडी बनाएको भए के हुन्थ्यो, अनि पारस खड्कालाई ल्याएर गायनमा लगाइदिएको भए के हुन्थ्यो’ उनले अघि थपे,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ? ।

उनको बिचार प्रष्ट छ विद्यार्थीको ट्यालेण्ट बुझेर त्यही अनुसारको शिक्षा दिनुपर्छ । ‘मैले संगीत विद्यालय पढ्नुपरेको भए जिन्दगी भर पाँच कक्षा पनि पास हुने थिइन । त्यही भएर शिक्षालाई नाजुक र भद्रगोलको स्थितिमा पुर्याउन हुँदैन ।

उनले हातमा डिग्री बोकेर जागिर माग्न आउनेहरुसँगका अन्तरक्रियासमेत साट्नुभयो । ‘म कहाँ पनि जागिरका लागि अनुरोध गर्न पढेलेखेका आउँछन र म उनीहरुलाई सोध्छु–कति पढ्नुभएको छ ? मास्टर्स भन्छन् । कुनै सिप सिकेको छ भन्दा छैन भन्छन् । अनि के काम गर्न आउँछ त भन्दा आउँदैन भन्छन्, अनि के गर्न आउँछ त भन्दा पढ्न लेख्न मात्र आउँछ’ उनले थपे,‘ल पढेर मात्रै काम पाइन्छ त ? त्यस्तो शिक्षाको के काम ? त्यही भएर बालबालिकाको क्षमता हेरेर शिक्षा दिनुपर्दछ । त्यसमा अभिभावकले विशेष चासो दिनुपर्छ ।’

शिक्षाको प्रारम्भिक चरणमा नै बालबालिकाको बिशेष क्षमता पहिचान गरेर त्यसैमा उनीहरुलाई थप सक्षम बनाउनुपर्नेमा उनको जोड थियो । त्यसैक्रममा बिशेक्ष क्षमता प्रदर्शन गरेका नारायण गोपाल र पारस खड्काको प्रसंग आएको थियो ।

उनले थपे,‘कपाल काट्न आउछ ? राम्रो कुक हुन आउँछ ? त्यो पनि आउँदैन । कोट सिलाउन आउँछ ? त्यो पनि आउँदैन ? एजुकेशन पढेको हो भनेर मात्र भएन, अव त्यस्तो एजुकेशन हैन । गुजारा चल्ने, समाज परिर्वतन गर्ने शिक्षा चाहिन्छ ।’ रिपोर्टर्स नेपाल बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?