जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
जाह्वनीको जवाफ : दैनिक कपडा फेर्ने पैसा छैन

सारांश

  • मुम्बई।
  • जाह्नवी कपुर कयौं पटक विभिन्न कारणले ट्रोल्र्सको निसामा आइसकेकी छन्।
  • कयौं पटक त कपडाका कारण पनि उनलाई समाजिक संजालमा ट्रोल गर्ने गरिएको छ।

मुम्बई। जाह्नवी कपुर कयौं पटक विभिन्न कारणले ट्रोल्र्सको निसामा आइसकेकी छन्। कयौं पटक त कपडाका कारण पनि उनलाई समाजिक संजालमा ट्रोल गर्ने गरिएको छ। आफूलाई ट्रोल गर्नेलाई जाह्नवीले कडा जवाफ पनि दिएकी छन्। केही दिन अगाडि जाह्नवी एउटा च्याट शोमा सहभागी भएकी थिइन्। उक्त सोमा उनले आफूलाई ट्रोल गर्नेलाई जवाफ दिँदै भनेकी थिइन्, ‘यति धेरै पैसा पनि कमाएकी छैन की सधैं फरक फरक कडपा किन्न पुगोस्।’

उक्त शोमा जाह्नवीले भनिन्, ‘एउटै कपडा फेरि लगाउँदा मलाइ कुनै लाझ लाग्दैन। मेरो कपडालाई लिएर ट्रोल गर्दा मलाइ कुनै फरक पर्दैन। म सबैलाई खुशी दिन पनि सक्दिन।’ उनले अगाडि भनिन्, ‘मेरो कामलाई लिएर कसैले आलोचना गर्यो भने म त्यसलाई गम्भीर रुपमा लिन्छु। तर जिम बाहिर लुक्सलाई मेन्टेन राख्नु मेरो काम होइन।’

आफ्नी आमाका विषयमा उनले भनिन्, ‘मेरी आमा भन्नुहुन्थ्यो धेरै नसोच्नु, आफ्नो काममा ध्यान दिनु, पूरा मेहनत र इमान्दारितासँग काम गर्नु।’
जाह्नवीले केही दिन अगाडि दिएको एक अन्तर्वातामा आफ्नो बहिनीका विषयमा कुरा गर्दै खुशीको इच्टा मोडलिङमा भएको र उनी अभिनेत्री बन्न चाहेको बताइन्। जाह्वनी चाँडै न्युयोर्क फिल्म एकेडेमीमा भना हुने पनि जनाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?