सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला

सारांश

  • बिराटनगर १०,भदौ।
  • सुनसरीमा गए राती एक किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ ।
  • इनरुवा ६ स्थित मधेसामा अन्दाजी १९ बर्षिय किशोरी अचेत अबस्थामा फेला परेकी थिइन ।

बिराटनगर १०,भदौ। सुनसरीमा गए राती एक किशोरीमाथि बलात्कार भएको आशंका गरिएको छ ।इनरुवा ६ स्थित मधेसामा अन्दाजी १९ बर्षिय किशोरी अचेत अबस्थामा फेला परेकी थिइन । उनलाई पूर्व पश्चिम राजमार्ग छेउमा गए राती ९ बजे अचेत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

ती किशोरी नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला परेपछी थप उपचारको लागी तत्कालै बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिए ।

अचेत अवस्थामा भेटिएकी किशोरीको कपडा भने केही मिटर वर फेला परेको छ । कपडा च्यातिएको अबस्थामा भेटिएको स्थानिय रमेश कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको  बलात्कार भएको दाबी गरे ।प्रहरीले मधेसा आसपासबाट दुईजना पक्राउ गरेको छ । युवाहरु स्थानिय भएको बताइएको छ । घटनाको बिषयमा अनुसन्धान गर्न उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

किशोरीको अहिलेसम्म पहिचान खुल्न नसकेको र सो घटनाको बिषयमा अनुसन्धान भइरहेको कारण सबै कुरा जानकारी दिन नमिल्ने प्रहरी उपरिक्षक अधिकारीले बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?