फूलैफूलले सजियो धोबी खोला कोरिडोर

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ६, २०८०
|
|
२० पटक हेरिएको
Shares
फूलैफूलले सजियो धोबी खोला कोरिडोर

सारांश

  • काठमाडौँ ।
  • शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।
  • यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन् ।

काठमाडौँ । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।

यतिबेला काठमाडौँ उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन् । रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ । कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ ।

धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् । कालोपुलमा फूलसँग तस्बिर लिँदै गरेकी स्थानीय उषा बुढाथोकी बिहानको समय र साँझपख केही छिन फूलसँगै बसिरहुँजस्तो लाग्ने गरेको उल्लेख गर्छन् ।

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई धोबीखोला कोरिडोरमा लगाइएका बिरुवाहरु संरक्षण गर्न नगरपालिकाले चारजनाको समिति बनाएर रेखदेख गर्दै आएको जानकारी दिए। उनका अनुसार कोरिडोर वरपरका बिरुवामा पानी हाल्ने, कटिङ गर्ने तथा हेरचाह गर्ने काम समितिले गर्दै आएको छ ।

त्यसैगरी रातोपुल नजिकै बस्ने सुस्मिता फुयाँलले कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको रुप फेरिएको चर्चा गर्छन् । उनले भने, “कुनै समय फोहोरले भरिएको धोबीखोला परिवर्तन होला जस्तो लागेको थिएन । दुर्गन्धित त अहिले पनि उत्तिकै छ तर फूलहरु फुलेका कारण अहिले धोबीखोला रमणीय बनेको देख्न सकिन्छ ।

काठमाडौँ महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उनको भनाइ छ ।

अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत कोरिडोरमा छन् ।

बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौँ महानगरपालिका पर्ने भत्केको पुल, रातोपुल हुँदै बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत करिडोर सडकमा अहिले मनै लोभ्याउने फूलहरु फुलेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रधानमन्त्रीसँग लोसपाका नेताहरूको भेटवार्ता, गठबन्धनमा सामेल हुन देउवाको प्रस्ताव
प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !
प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
आइतबार रातिबाट सकियो राष्ट्रपति भण्डारीको सात बर्षे कार्यकाल
संसदका क-कसलाई पुगेन गाडी सुविधा ?
संसदका क-कसलाई पुगेन गाडी सुविधा ?
देशभर कोरोना संक्रमणबाट बितेको २४ घन्टाभित्र ४ जनाको मृत्यु
बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई
बम फ्याँक्ने हवल्दारले भेटे गृहमन्त्री शर्मालाई
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
सनसनीपूर्ण खुलासा : भारतीय मतदातालाई नेपाली काँग्रेसले दियो वडाध्यक्ष उम्मेदवारी !
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
फ्रान्सको आन्दोलन हिंसात्मकः ३ को मृत्यु
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी
आजको विदेशी मुद्राको विनिमय दर, कतारी रियाल ३६ रूपैयाँ बढी

तपाईंले छुटाउनुभयो कि?