उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
उपराष्ट्रपतिमा रामसहाय यादव चुनिए

सारांश

  • काठमाडौं ।
  • देशका उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव विजयी भएका छन् ।
  • सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरुले समर्थन गरेका यादव देशको चौथो कार्यकालका लागि तेश्रो व्यक्तिका रुपमा उपराष्ट्रपति पदमा विजयी भएका हुन् ।

काठमाडौं । देशका उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव विजयी भएका छन् । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरुले समर्थन गरेका यादव देशको चौथो कार्यकालका लागि तेश्रो व्यक्तिका रुपमा उपराष्ट्रपति पदमा विजयी भएका हुन् ।

गठबन्धनमा रहेका दलहरुको तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) लगायतका दलहरुले यादवलाई समर्थन गरेका थिए भने गठबन्धनमै रहेको जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाएको थियो ।

त्यस्तै, प्रतिपक्षी नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको थियो । आज भएको निर्वाचनमा यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ मत ल्याए भने एमालेकी शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत र जनमतकी झाले प्रदेशतर्फ १५ सांसदले मत प्राप्त गरे । फागुन २५ गते राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल विजयी भइसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?