सुन र चाँदीका बिस्कुट र सिक्का बरामद !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २६ जेठ ।
  • तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले शुक्रबार छापा मारेका छन्।
  • सरकारी अधिकारीहरुले अग्रवालको घरबाट सुन कारोबारसम्बन्धी अति महत्वपूर्ण दस्तावेज बरामद गरेको छ।

काठमाडाै, २६ जेठ । तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले शुक्रबार छापा मारेका छन्।

सरकारी अधिकारीहरुले अग्रवालको घरबाट सुन कारोबारसम्बन्धी अति महत्वपूर्ण दस्तावेज बरामद गरेको छ। अग्रवालले सुन र चाँदीको अवैध तस्करीको रेकर्डसहित विभिन्न व्यक्तिका नाम सहितको दस्तावेज बरामद भएको हो।

सुन काण्ड र सनम शाक्य हत्याविरुद्ध सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा चलिरहेको अपरेशन फ्लाईङ गोल्ड अन्र्तगत अग्रवालको घरमा छापा हानेको हो।

समितिका संयोजक पौडेलले अग्रवालको घरबाट बरामद भएका दस्तावेजले थप अनुसन्धानमा सहयोग पुग्ने बताए। उनका अनुसार अग्रवालको घरबाट बरामद भएका सामाग्री र दस्तावेजले उनी सुन र चाँदीको अवैध कारोबारका नाईके रहेको खुलेको हो।

बन्द अवस्थामा रहेको घरबाट समितीले अग्रवालले दुबई आउजाउमा प्रयोग गरेका कागजपत्र, डायरी, हरहिसाब राखेको रजिष्ट्ररी लगायतका कागजपत्र बरामद भएको हो। यस्तै एक दर्जन बढी विभिन्न कम्पनीका सवारीसाधनका चाबी समेत बरामद भएको हो। समितिले अग्रवालको घरमा प्रयोगमा रहेका ल्यापटप र कम्प्युटर समेत बरामद गरेको छ।

‘हामीले केही महत्वपूर्ण कागजपत्र र दस्तावेज बरामद गरेका छौं, यसबाट थप अनुसन्धानमा थप बल मिल्नेछ,’ संयोजक रहेका सहसचिव पौडेलले  भने।

समितिले केही थान सुनका बिस्कुट, सयौं थान चाँदीका बिस्कुट र सिक्का, ३० लाख रुपैयाँ भन्दा बढी नगद बरामद गरेको छ। केही समयअघिसम्म समितिको सम्पर्कमा रहेकी एमकेकी श्रीमती समेत घरमा भएको थप सुन र नगद लिएर भागेको अनुमान गरिएको छ।

‘अग्रवालको खोजीका क्रममा सरकारी अनुमति लिएर सरकारी अधिकारीहरुको समूहले घरमा छापा मारेको हो। चाँडै अग्रवाल पक्राउ पर्नेछन्,’ पौडेलले भने। उनका अनुसार केही दिन अघिमात्र अग्रवालको पूर्वी नेपालमा रहेका सम्भावित ठेगानामा समितिले छापा मारेर उनको खोजी तीब्र पारेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
देशभर १० जनामा हैजा संक्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
विद्यार्थीबाट १६ करोड उठाएर झ्वाम पार्ने इन्जिनियरिङ कलेजको यस्तो छ खेल !
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
वसन्त ऋतुसँगै घोडेपानी र पुनहिलमा पर्यटकको लर्को
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
कांग्रेस जिल्ला सभापति भेला : गुटगत स्वार्थबाट माथि उठ्न नेतृत्वलाई दबाब
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
ललितपुर २ मा एमाले र ३ मा कांग्रेसको यस्तो छ अग्रता
देउवा भन्छन् – पार्टीमा एकता नचाहने पराजित भए