के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
के गर्दैछन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड!

सारांश

  • काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पार्टी बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज लेखनमा लागेका छन् ।
  • केही दिनयता दौडधुप बन्द गरेर उनी दस्तावेज लेखनमा लागेका हुन् ।
  • पार्टी केन्द्रीय सचिवालय बैठकमा दाहालले पार्टी एकताका सन्दर्भमा दस्तावेज प्रस्तुत गर्नेछन् ।

काठमाडौं : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पार्टी बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज लेखनमा लागेका छन् । केही दिनयता दौडधुप बन्द गरेर उनी दस्तावेज लेखनमा लागेका हुन् ।

पार्टी केन्द्रीय सचिवालय बैठकमा दाहालले पार्टी एकताका सन्दर्भमा दस्तावेज प्रस्तुत गर्नेछन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग निर्णायक वार्तामा बस्नुअघि दाहालले पार्टी सचिवालय बैठक बोलाउने तयारीसमेत गरेका छन् ।

यसका लागि उनले वैशाख १९ गते सचिवालय बैठक बोलाउने तयारी गरिरहेका छन् । पार्टी बैठकको तयारीका लागि उनले सोमबार मात्र अलग अलग रूपमा पार्टी नेताहरू रामबहादुर थापा, जनार्दन शर्मा, हरिबोल गजुरेल लगायतसँग छलफल गरेका छन् ।

दाहाललाई एकताअघि पार्टीले सञ्चालन गरेको १० बर्से ‘जनयुद्ध’बारे एकीकृत पार्टीको दस्तावेजदेखि अन्तरिम विधानको प्रस्तावनासम्ममा प्रष्ट शब्दमा लेखिनु पर्ने र संगठन निर्माण गर्दा सम्मानजनक समानता र न्यायोचित आधारमा सहभागिताको मापदण्ड बनाउनु पर्नेमा नेताहरूले जोड दिँदै आएका छन् ।

केन्द्रीय सचिवालय सदस्यहरूले पार्टी एकताको अन्तिम निर्णय लिनुपूर्व पार्टी सचिवालयको बैठक राखेर मात्र ठोस धारणा बनाएर जान दाहालसँग आग्रह गर्दै आएका थिए । त्यसैले ओली र एकता संयोजन समितिमा छलफल गर्नुअगाडि दाहालले पार्टी सचिवालयमा छलफल गर्न खोजेका हुन् ।

 आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?